Translate

Monday, September 22, 2025

खोलामा पुल बनेपछि आवागमन सहज,स्थानीयलाई राहत

 


मधेशदूत समाचारदाता---
सर्लाही, असोज ६

  सर्लाहीको हरिवन नगरपालिका वडा न-१ र ८ को सिमानामा पर्ने चापिनी खोलामा पक्की पुल बनेपछि  हरिवन–क्यानेश्वर सडकमार्गमा आवागमन सहज भएको छ।
    ८५ लाख रुपैयाँको लागतमा  बागमती कनसट्रक्सन बागमती सर्लाहीको ठेक्कामा बि.स २०८१ सालबाट सुरु भएको १८ मिटर लामो सिंगल स्पान पुलको निर्माणकार्य हालै  पूरा भई  संचालनमा आएको नगरपालिकाको प्राविधिक शाखाले जानकारी दिएको छ ।  इन्जिनियर जकी अहमद सिद्धकीका अनुसार पुल सञ्चालनमा आएसँगै सवारीसाधन सजिलै आउजाउ गर्न थालेका छन्। उनले भने, “अब खोलामा बाढी आउँदा पनि डर छैन ।
   यसअघि खोलामा पुल नहुँदा वर्षायाममा बाढीले गर्दा हरिवन–क्यानेश्वर सडक पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो। यात्रुहरू बीचमै रोकिनुपर्ने स्थिति आउँथ्यो। अब उक्त  खोलामा पुल बनेपछि स्थानीयलाई विशेष राहत मिलेको छ।
  पुल निर्माण सकिएसँगै अब नगरपालिकाले उक्त स्थानको पहुँच सडक कालोपत्रे गर्न ठेक्का प्रक्रिया पनि अघि बढाइसकेको छ। दशैँ–तिहारपछि लगत्तै कालोपत्रेको काम सुरु गरिने इन्जिनियर सिद्धकीले जनाएको छ।


No comments:

Post a Comment