Translate

Sunday, September 14, 2025

जिल्ला प्रशासनबाट प्रदान गरिने नागरिकता र परिचयपत्रबाहेक सबै सेवा सुचारु

  


मधेशदूत समाचारदाता
सर्लाही, भदौ २९ ।  

    पछिल्लो राजनीतिक घटनाक्रमका कारण केही दिनदेखि प्रभावित बनेका सेवा–सुविधाहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतवारबाट पुनः सुचारु गरेको छ।
   जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार सार्वजनिक सूचना जारी गर्दै नयाँ तथा प्रतिलिपि नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य बाहेक अन्य सबै सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाएको छ ।
  सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलद्वारा जारी सूचनामा असहज परिस्थिति क्रमशः सामान्य बन्दै गएपछि नागरिकको सहजताका लागि प्रशासनका अन्य सबै सार्वजनिक सेवा सञ्चालन गरिएको उल्लेख गरिएको छ।
    पोखरेलका अनुसार तत्कालका लागि नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी काम भने सञ्चालन गर्न नसकिने भए पनि अन्य सम्पूर्ण सेवामा सर्वसाधारणलाई नियमित सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।


No comments:

Post a Comment