सदरमुकाम मलंगवासहित सर्लाही भरीको जनजीवन सामान्य बन्दै, बजारमा चहलपहल सुरु
मधेशदूत समाचारदाता---
सर्लाही,भदौ २७
सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीको जनजीवन सामान्य बन्दै गएको छ ।
जेन-जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडका कारण जनजीवन असामान्य बनेको थियो भने आम सर्वसाधारण नागरिकहरुमा त्रास पैदा भएको थियो । ठाउँ-ठाउँमा प्रहरी चौकी,पालिका र जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी भएका थिए । जसकारण समाजमा त्रासको माहोल छाएको थियो । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बजारहरु खुल्न थालेका छन् । मानिसहरुको हिँडडुलमा सहज भएको छ ।
No comments:
Post a Comment