Translate

Wednesday, September 10, 2025

जेन-जी आन्दोलनको आडमा अराजक गतिविधिमा संलग्न भएको आरोपमा मलंगवाबाट १४ जना पक्राउ

  


मधेशदूत समाचारदाता---
मलंगवा, भदौ २५ 

    जेन- जी पुस्ताले गरेको  आन्दोलनको आडमा आगजनी र तोडफोड जस्ता अराजक गतिविधि गरेको आरोपमा  प्रहरीले बुधबार सदरमुकाम मलंगवाबाट १४ जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनको नाममा  सार्वजनिक सम्पत्ति माथि हानी नोक्सानी पुर्‍याउने र सर्वसाधारणलाई आतंकित बनाउने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काले पक्राउ परेकाहरु माथि आवश्यक छानबिन गरि  कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।
    एसपी खडकाका अनुसार  बुधबार बिहान मलंगवास्थित कारागारमा कैदीबन्दीहरुले आन्दोलन गरेका थिए।  पुर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ र केही स्थानमा छिटपुट घटना बाहेक अन्य कुनै ठूलो अपृय घटना नभएको उनले जनाएको छ।

No comments:

Post a Comment