Translate

Monday, September 1, 2025

नेकपा एमाले महासचिव शंकर पोखरेलले राजपुर नगरपालिकाका पुर्व नगर प्रमुख शेख शकीललाई गराए पार्टी प्रवेश

 


प्रेमचन्द्र झा---
राैतहट,भदौ १६  ।

    नेकपा एमालेको केन्द्रीय कार्यालयमा आइतबार एक विशेष कार्यक्रमका बीच राजपुर नगरपालिकाका पूर्व नगर प्रमुख शेख शकीललाई पार्टी प्रवेश गराएका छन । पार्टीको महासचिव शंकर पोखरेलको अगुवाइमा शेख शकीललाई खादा ओढाइ स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं नेकपा एमालेका केन्द्रीय सह महासचिव विष्णु रिमाल, पार्टीका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष अनिल कुमार झा र सचिव महम्मद अतीउल्लाह  लगायतका नेताहरु पनि उपस्थित थिए।
  पार्टी प्रवेशको क्रममा, शेख शकीललाई २०८४ को नगर प्रमुख चुनावमा नेकपा एमालेको उम्मेदवारका रूपमा विजयी हुने शुभकामना दिइएको थियो। नगर प्रमुख पदमा शकीलको पुनः विजयको सम्भावना उच्च रहेको भन्दै, सबै उपस्थित नेताहरुले उनको आगामी यात्रा र प्रगतिको कामना गरेका छन्।
        -शेख शकील को हुन्?
   राजपुर नगरपालिका वार्ड नं. ४ का निवासी शेख शकील, शेख जर्नेलका छोरा हुन्। उनले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए र तीन हजारमतको अन्तरले विजय हासिल गरेका थिए। २०७९ को चुनावमा शेख शकील नेकपा एमालेको टिकटबाट नगर प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा थिए, तर पार्टीमा आन्तरिक विवाद र षड्यन्त्रका कारण उनलाई टिकट नदिइएको थियो।
  अब, २०८४ को स्थानीय चुनावमा शेख शकील नेकपा एमालेको सूर्य चिन्हबाट नगर प्रमुख पदको चुनाव लड्नका लागि तयार रहेको र उनले सम्मानजनक मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। महम्मद अतीउल्लाह, जो शेख शकीलका सँगै काम गर्दै आएका छन्, उनले शकीलको आगामी विजयलाई सुनिश्चित भनेका छन्।
   शेख शकील नेपाली कांग्रेसका नेता शेख इदरीसका भतिजो र आफताब आलमका काकाको छोरा हुन्। उनका परिवार र समर्थकहरु शकीलको पार्टी प्रवेशमा सँगै रहेका छन् र आगामी चुनावमा उनको विजय सुनिश्चित हुने आशा राखिरहेका छन्।
नेकपा एमालेका केन्द्रीय कार्यालयमा शेख शकीलको पार्टी प्रवेशले पार्टीको एकता र नयाँ दिशामा अघि बढ्ने उत्साहलाई पुनः बल पुर्याएको छ। पार्टीका नेताहरुले शकीललाई आफ्नो पार्टीको एक महान सदस्यका रूपमा स्वागत गर्दै, उनले नगरपालिकामा गरेको कार्य र आगामी योजनामा सघाउने प्रतिवद्धता जनाएका छन्।
   आगामी २०८४ को स्थानीय चुनावमा शेख शकीलको उम्मेदवारी र संघर्षले राजपुर नगरपालिका र मधेस प्रदेशका अन्य क्षेत्रमा प्रभाव पार्ने निश्चित छ। नेकपा एमालेका नेताहरुले शकीललाई आगामी चुनावमा सफलता र प्रगतिप्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

No comments:

Post a Comment