Translate

Friday, August 29, 2025

खानेपानी मन्त्री प्रदिप यादवकै लापरबाहीका कारण हैजा फैलिएको आरोप लगाउँदै बिरगंजकी एक युवतीले गरिन फोनमा चर्काचर्की


मधेशदूत समाचारदाता----

सर्लाही, भदौ १३ 

   खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण बिरगंजमा हैजाको महामारी फैलिएको आरोप लगाउँदै बिरगंजकी एक युवतीले टेलीफोनमा चर्काचर्की गरेकी छिन् । 
  हैजाको महामारीका कारण दर्जनौँ नागरिकले ज्यान गुमाइसकेका छन् भने सयौँ संक्रमित बिरामीहरू अस्पतालमा उपचार र आवश्यक व्यवस्थापन नपाएर छट्पटी रहेका छन्। तर यति गम्भीर परिस्थितिमा समेत जनप्रतिनिधिहरूको सक्रिय भूमिका नदेखिएको भन्दै साहले तीव्र असन्तोष प्रकट गरेकी छिन् ।
   साहका अनुसार उनका आफ्नै परिवारका चार जना सदस्य हाल आईसीयूमा जीवन–मरणको संघर्ष गरिरहेका छन्। पीडित परिवारहरूको पीडा र दु:खकष्टप्रति सरकार र जिम्मेवार मन्त्री उदासीन बनेको भन्दै उनले आपत्ति जनाएकी हुन्।
   उनले पटक–पटक मन्त्रीलाई फोन गर्दा समेत फोन नउठाएको र प्रत्यक्षरुपमा समेत सम्पर्क गर्न नसकेपछि आक्रोशित हुँदै कडा शब्दमा विरोध गरेकी हुन्।
   अहिले खानेपानी मन्त्री यादव र साह बिच टेलिफोनमा भएको चर्काचर्कीको अडियो र भिडियो सामाजिक संजालमा तिब्ररुपमा भाइरल भइरहेको छ।


No comments:

Post a Comment