Translate

Friday, August 29, 2025

इश्वरपुरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नगर सम्मेलन सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १३ 

  नेकपा (माओवादी केन्द्र) को सहयोगी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को इश्वरपुर नगर सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। शुक्रवार सम्पन्न भएको नगर सम्मेलनले रेखा कुमारी मण्डलको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इञ्चार्ज अच्युतम काफ्ले,केन्द्रीय सदस्य तथा पुर्व संघीय सांसद प्रमोद साह, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला इञ्चार्ज सावित्रा बुढाथोकी, रामचन्द्र कुशवाहा, जिल्ला अध्यक्ष विनिता दाहाल, पूर्व प्रदेश सांसद  निरा कुमारी साह, रामपृत राय,रामनरेश साह, साविर मिकरानी, नगर अध्यक्ष  नरेश महतोलगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
  सम्मेलनमा उपस्थित नेताहरूले महिला सशक्तिकरण, समानता र अधिकारका विषयमा जोड दिँदै संगठनलाई अझ सबल बनाउन योगदान दिन सबैलाई आह्वान गरेका थिए।


No comments:

Post a Comment