Translate

Friday, August 29, 2025

मलंगवामा निसन्तान दम्पतीका लागि नि:शुल्क स्वास्थ्य शिविर हुने

 



मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १३ गते ।

   सर्लाहीको मलंगवा नगरपालिका वडा न–८ स्थित दिनकर अस्पतालमा निःशुल्क निःसन्तान स्वास्थ्य शिविर संचालन हुने भएको छ । 
   आगामी भदौ १६ गते सोमबार बिहान ८ बजेदेखि हुने उक्त शिविरमा काठमाडौंको माया आईभीएफ क्लिनिकका दुईजना वरिष्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. रश्मी श्रीष र डा. समा श्रेष्ठले परामर्श सेवा प्रदान गर्नेछन् ।
१२ वर्षदेखि सञ्चालनमा रहेको माया आईभीएफ क्लिनिकले हालसम्म ७ हजारभन्दा बढी दम्पत्तिलाई निःसन्तान समस्या समाधानमा सेवा प्रदान गरिसकेको अस्पतालले जनाएको छ ।
   शिविरमा सहभागी हुन इच्छुकले आफ्नो नाम अग्रिम दर्ता गराउनुपर्ने छ । दर्ताका लागि ९८५४०३५१३६ वा ०४६–२१११९९ नम्बरमा सम्पर्क गर्न दिनकर अस्पतालले आग्रह गरेको छ ।


No comments:

Post a Comment