Translate

Sunday, August 31, 2025

सामुदायिक संस्थाहरुको लागि नेतृत्व तथा वकालत सम्बन्धी २ दिने तालिम हरिवनमा सुरु

 


प्रेमनाथ पौडेल---
 हरिवन(सर्लाही),भाद्र १५

    सर्लाहीको हरिवनमा  सामुदायिक संस्थाहरुलाई लक्षित गरी २ दिने नेतृत्व तथा वकालत तालिम सुरु भएको छ ।
हरिवन नगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष  शेख मेहबुब रेजाको अध्यक्षतामा भएको तालिममा ईश्वरपुर नगरपालिकाका योजना अधिकृत प्रशिक्षक पुष्कर मणि घिमिरेले सहभागीहरुलाई प्रशिक्षण दिई रहनु भएको छ ।
   तालिममा प्रशिक्षण घिमिरेले नेतृत्व भनेको के हो, नेतृत्व किन गर्नुपर्छ, नेतृत्वमा आवश्यक गुणहरू के–के हुन् र वकालत गर्दा कसरी प्रस्तुत हुनुपर्छ, टोल विकाश संस्थाका पदाधिकारीको काम कर्तब्य र अधिकार लगायतको विषयमा प्रशिक्षण दिनुभएको छ ।
  कार्यक्रम संयोजक तथा बागमती सेवा समाज–हाम्रो शहर परियोजनाका धिरेन्द्र चौधरीले तालिमको उद्देश्यबारे जानकारी दिँदै सामुदायिक संस्थाहरु सशक्त बनाउन नेतृत्व विकास, वकालत तथा शहरी नीतिहरुमा सहभागिता बढाउने लक्ष्य रहेको बताउनु भयो ।
  तालिममा विभिन्न टोल विकास संस्था, रोड सेफ्टी क्लबका पदाधिकारी, वडा नम्बर ८ र ११ का वडा सदस्यहरु तथा अन्य सामाजिक व्यक्तित्वहरुको सक्रिय सहभागिता रहेको समाज परिवर्तन सहजकर्ता विधा पौडेलले जानकारी दिनुभयो ।
  उक्त तालिम हाम्रो शहर परियोजना अन्तर्गत बागमती सेवा समाज नेपाल, हरिवनको आयोजनामा, हेल्भेटास नेपालको आर्थिक सहयोग तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा सुरु भएको हो । तालिम सोमबारसम्म चल्ने आयोजक संस्थाले जानकारी गराएको छ।


 बागमती सेवा समाजले पछिल्लो आठ महिनादेखि हरिवन नगरलाई व्यवस्थित, सुन्दर र दिगो शहर बनाउन विभिन्न गतिविधि गर्दै आएको बताएको छ संस्थाले यस अवधीमा पूर्वाधार, सीप विकास, सुशासन, सूचना अधिकार, तथा शहरी नीति २०८१ सम्बन्धी तालिममार्फत टोल सुधार समितिका पदाधिकारी र सरोकारवालाहरुलाई सशक्त बनाउन निरन्तर काम गर्दै आएको जनाएको छ ।

No comments:

Post a Comment