सम्सी गाउँपालिकामा विपद् व्यवस्थापन योजना तर्जुमा कार्यक्रम सम्पन्न
प्रेमनाथ पौडेल---
बर्दिबास(महोत्तरी),भदौ १५
महोत्तरीको सम्सी गाउँपालिकामा विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र एकीकृत ग्रामीण विकास समाज, महोत्तरीको सहजीकरणमा उक्त योजना तर्जुमा गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामनाथ यादवले योजनाले विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणका सबै काम जलवायुमैत्री दृष्टिकोणबाट गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसले दीगो विकासमा टेवा पुर्याउने बताउनुभयो।
सहजकर्ता निर्मल चोङबाङले सबै वडामा संकटासन्न अवस्था र क्षमता विश्लेषण गरी सहभागीमूलक ढंगबाट योजना तर्जुमा गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले योजनामा नसमेटिएका विषयमा सुझाव राखेका थिए।
संस्थाका कोषाध्यक्ष उमेश न्यौपानेका अनुसार छलफलमा आएका सुझाव समेटी योजनालाई अन्तिम रूप दिई गाउँपालिकालाई हस्तान्तरण गरिने भएको छ।
No comments:
Post a Comment