Translate

Thursday, August 7, 2025

सर्लाहीमा रक्सीको विषयलाई लिएर छुरा प्रहार, तीन जना घाइते




मधेश दूत डेस्क---
सर्लाही, साउन २२

   सर्लाहीको बलरा नगरपालिका–१ मा रक्सीको विषयलाई लिएर दुई समूहबीच झगडा हुँदा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्। बुधबार राति करिब ९ बजे भएको विवादका क्रममा एक समूहले अर्का समूहमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

  घाइतेहरूमा बलरा–१ निवासी २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन्। धर्मवीर सहनीको पेटमा चोट लागेपछि उनलाई बलरा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। बाँकी दुई जनाको अवस्था सामान्य रहेको र उनीहरू घरमै उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ। हाल तिनै जनाको अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइएको छ।
  छुरा प्रहार गरेका आरोपीहरु भारतका अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह  घटना पछि फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 


No comments:

Post a Comment