Translate

Thursday, August 28, 2025

सामुदायिक बनको संरक्षण जीवनसँग प्रत्यक्ष जोडिएको छ : उपप्रमुख घलान



प्रेमनाथ पौडेल
हरिवन,भाद्र १२ गते।

    सर्लाहीको हरिवनमा सम्पन्न एक कार्यक्रममा हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलानले “बन भनेको जीवन हो, बन नभए जीवन सम्भव हुँदैन” भन्दै सामुदायिक बनको संरक्षण र दिगोपनामा सबैको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
   सामुदायिक बन उपभोक्ता माहसंघ सर्लाही ले  आयोजना गरेको स्थानिय बन ऎन निर्माण तथा कार्यान्वयन भएका पालिका हरुको सिकाई तथा अनुभव आदान प्रदाम कार्यक्रम मा प्रमुख अतिथि को रुपमा आफ्नो भनाई राख्दै उप प्रमुख हरिमाया घलान ले यस्तो बताउनु भएको हो ।
  उप–प्रमुख घलानले बढ्दो बन विनाश र चुरे क्षेत्रमा भइरहेको फडानी नियन्त्रणका लागि वृक्षारोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै, लगाइएका बिरुवाको संरक्षण भएमा चुरे क्षेत्र हराभरा हुने मात्र होइन, खानेपानी संकट समाधानमा समेत टेवा पुग्ने धारणा राख्नुभयो। साथै उहाँले नगरभित्रका १८ वटा दर्ता भएका सामुदायिक बनहरूको दिगो विकासका लागि नगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
  “युवाशक्ति नै बन संरक्षण र दीगो विकासको आधार हुन्,” उप–प्रमुख घलान लगायत सरोकार ब्यक्ति हरुले आ आफ्मो धारणा राख्दै  युवालाई विदेशिने बाटो रोक्दै सामुदायिक बनसँग आबद्ध गराएर रोजगारी र आर्थिक उपार्जन हुने कार्यमा लगाउन सकिने जोड दिएका माहसंघ का उपाध्यक्ष एवम कार्यक्रम संचालक   प्रलाह्द बुढाथोकी ले बताउनु भयो । 
  सामुदायिक बन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा भएको कार्यक्रममा महासंघका अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षता थियो। कार्यक्रममा वडा नं. ८ का अध्यक्ष प्रज्वल ढुङ्गाना, वडा नं. ११ का कार्यबाहक अध्यक्ष युग बहादुर अधिकारी, नगरपालिकाका बन तथा वातावरण अधिकृत सुवास कुश्वाह, महासंघका सल्लाहकार संयोजक माधव थापा, बन अधिकारकर्मी विनिता दाहाल, तारा सुवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए।
  वक्ताहरूले युवालाई सामुदायिक बनसँग जोडेर रोजगार सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गर्दै सामुदायिक बनलाई दिगो विकास, रोजगारी र वातावरण संरक्षणको मुख्य आधार बनाउनु आजको आवश्यकता रहेको निष्कर्ष समेत प्रस्तुत गरिएको आयोजक ले जनाएको छ ।

No comments:

Post a Comment