सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १३ गते ।
सर्लाही प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक युवकलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा न-१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेको छ । प्रहरीले उनलाई बिहिबार बिहान करिब १२ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चौक नजिकैबाट २५ किलो गाँजासहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल थाम्ने प्रयास गर्दा दुई जना युवक झोलासहित खेततर्फ भागेका थिए। सो क्रममा ब्लोन पक्राउ परे भने अर्का साथी फरार भएका छन् ।
पक्राउ परेका ब्लोनको साथबाट कालो झोलामा रातो प्लास्टिकले बेरेको पाँचवटा पोकामा ५-५ किलो तौल भएकोले जम्मा २५ किलो गाँजा बरामद भएको हो।
बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका युवकलाई जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गराई घटनाबारे थप अनुसन्धान भइरहेको राइले जनाएको छ ।
No comments:
Post a Comment