Translate

Friday, August 22, 2025

पूर्व सशस्त्र प्रहरी नरहरी गौतमको ‘निःशुल्क सेवा अभियान’ अशक्त, अपाङ्ग र गर्भवती महिलालाई निःशुल्क यातायात, वृद्धवृद्धालाई छुट

 



मधेश दूत समाचारदाता----
सर्लाही, भदौ ६ ।

    १३ वर्षसम्म सशस्त्र प्रहरी बलमा सेवा गरेका सर्लाहीको लालबन्दी नगरपालिका निवासी नरहरी गौतम अहिले समाजसेवामा जुटेका छन् । सात महिनाअघि व्यक्तिगत लगानीमा म्याजिक भ्यान खरिद गरेर उनले अशक्त, अपाङ्ग तथा गर्भवती महिलाहरुलाई निःशुल्क यातायात सेवा दिँदै आइरहेका छन् । साथै वृद्धवृद्धाहरुलाई पनि भाडामा छुट सुविधा उपलब्ध गराउँदै आइरहेका छन् ।      "मानव भएर जन्म लिइसकेपछि समाजमा केही योगदान पुर्‍याउँ भन्ने सोचका साथ मैले यो अभियान शुरु गरेको हुँ,” गौतमले बताए , “अशक्त तथा गर्भवती महिलालाई निःशुल्क सेवा दिँदा उनीहरूको सहजता मात्र बढेको छैन, बरु धेरैको आशीर्वाद पनि पाएको छु ।”

   गौतमको यो मानवीय सेवाले स्थानीयवासीलाई निकै प्रभावित पारेको छ । स्थानीयहरूले उनलाई समाजका लागि प्रेरणादायी व्यक्तित्वको रुपमा लिएका छन् । उनको यस्तो  पहलले सेवा भावले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।


No comments:

Post a Comment