हरिपुर्वाबाट लागुऔषध गाँजासहित दम्पती पक्राउ
मधेश दूत समाचारदाता---
सर्लाही, भदौ ६ ।
सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित हरिपुर्वाबाट एक दम्पतीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवा , इलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी हरिपुर्वाबाट खटिगएको प्रहरी टोलीले बिहीबार साँझ करिब ४ बजेको समयमा हरिपुर्वा नगरपालिका वडा न-५ बस्ने रुपेश साहको पक्की घरमा खानतलासी गर्दा २० किलो ३४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाँजा घरको छतमा लुकाइ राखिएको अवस्थामा भेटिएको थियो। लागुऔषधसहित घरधनी ४५ वर्षीय साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमा कुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment