Translate

Thursday, August 14, 2025

चौलिखामा भएको मोटरसाइकल दुर्घटनामा परेका युवकको उपचारको क्रममा मृत्यु

 


मधेश दूत समाचारदाता---
सर्लाही, साउन २९ गते।

   सर्लाहीको इश्वरपुर नगरपालिका–१ चौलिखामा बुधबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

  बुधबार दिउँसो करिब ३ बजे पोखरिया बाट राईटरखोरतर्फ तीव्र गतिमा जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खस्दा चालक ईश्वरपुर–७ पोखरी टोलका वर्ष २४ को अमनदिप राम, गम्भीर घाइते भएका थिए। टाउको, छाती, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेका रामलाई सुरुमा ईश्वरपुर–६ बयलबासस्थित अमृत मेडिकलमा उपचारपछि थप उपचारका लागि बाराको एलएस न्युरो अस्पताल परवानीपुर लगिएको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेका कारण उपचारको क्रममा शुक्रबार साँझ करिब ६:४२ बजे उनको मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ।
  दुर्घटनामा संलग्न HP 55 C 6105 नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No comments:

Post a Comment