Translate

Thursday, August 14, 2025

सर्लाहीमा सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

 


मधेश दूत समाचारदाता---
सर्लाही, भदौ २९ ।

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–५, पडरियामा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
राति करिब ८:२० बजे चक्रघट्टाबाट पडरियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 30A G5036 मोटरसाइकलले पैदल यात्रु ६० वर्षीय बरन बैठा र २० वर्षीय दिपक मण्डललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारको क्रममा करिब ९ बजे बरन बैठाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ।
घटनामा संलग्न मोटरसाइकल चालक २० वर्षीय हरेकृष्ण यादव पनि सामान्य घाइते भएका छन् र हाल सोही अस्पतालमा उपचाररत छन्

No comments:

Post a Comment