Translate

Sunday, August 31, 2025

विधुत प्राधीकरण सँग नै कृषी मिटर छैन

  

उषा किरण पोखरेल---
सर्लाही,भदौ १५ गते ।

   सर्लाही सहित तराई मधेसमा लामो समयसम्म  परेको खडेरिले गर्दा किसानको लागि सिचाईको मेरु डन्ढ बनेको बिधुुतीय मिटर र यसलाई संचालन गर्न आवश्यक पर्ने बिधुुत जडानमा यहाँका किसानहरु लागि परेको देखिन्छ ।


    अहिले नेपाल बिधुुत प्राधिकरणको बिभिन्न शाखा,प्रशाखामा बिधुुतीय मिटर जडानको लागि किसानहरुको बाक्लो भिड देखिन्छ । कतीपय स्थानमा किसानले चाहेको समयमा बिधुुतीय मिटर समेत पाउन सकेका छैनन् । यसले गर्दा पानी पटाउनको लागि  किसानलाई डिजल वाला पम्पिसेटको प्रयोग गरिरहनुु परेको छ ।
  २०८२ साल बैशाख महिनादेखि यता भदौ ८ गते सम्म मात्र नेपाल बिधुुत प्राधिकरण लालबन्दीमा किसानहरुले ८६० वटा कृषी मिटरको लागि निवेदन दिएकोमा हाल सम्म ७०३ वटा मिटर मात्र प्रदान गर्ने सकेको  लालबन्दी बितरण केन्द्रका प्रमुुख त्रिभुुवन प्रसाद यादवले जानकारी दिनुुभयो । हाल सम्म किसानले १५७ वटा मिटर माग गरेका भए पनि स्टकमा नरहेकाले बितरण गर्न नसकिएको उहाँको भनाई छ ।
   पछिल्लो समय बिधुुत पुुगेको स्थानमा सहज रुपमा पोलबाट तथा पोल नपुुगेको स्तानमा किसानहरु आफैले लामो तार किनेर समेत मिटर जडान गरिरहेका छन । कृषि मिटरको माग धेरै रेहेकोले एक वर्षमै धेरै मिटर जडान हुुँदा प्राधिकरणलाई बिधुुतीय लोड मिलानमा समस्या आईपरेको देखिन्छ । यसलाई मध्य नजर गरेर प्राधिकरणले लोड व्यवस्थापनमा समेत काम गरिरहेको देखिन्छ ।
  नेपाल कृषी प्रधान देश भएर पनि किसानले चाहेको समयमा र  चाहिएजती बिजुुली किनेर बाल्छुु भन्दा पनि नपाउनुु दुु:खद भएको नेपाल किसान संघका केन्द्रीय सदस्य भवानी कोईरालाले बताउनुुभयो । किसानलाई सरकारले प्रदान गर्ने सेवा सुुबिधा बढाउनुु पर्ने अवस्थामा कृषि कार्यकोलागि एउटा बिधुुतीय मिटर प्रदान गर्न नसक्नुु दु:खद भएको उहाँ बताउनु हुन्छ ।
   पछिल्लो समय किसानलाई मध्यनजर गर्दै जिल्लाका धेरै पालिकाले कृषि  सडक तथा कृषि बिधुुतीकरण गरिदिएकाले मिटरको माग बढेको लालबन्दीका नगरपालिकाका प्रमुुख बासुुदेव अधिकारीले बताउनुुभयो ।  किसालाई सहज होस भनेर कृषि बिधुुतीकरणमा जोड उहाँले बताउनु भयो ।    बिधुुतीय मिटरबाट यहाँका किसानहरुलाई धेरै फाईदा पुुगीरहेको ईश्वरपुुर नगरपालिकाका प्रमुुख मनोज कुुमार आचार्य बताउनुुहुुन्छ । डिजल पम्पिसेटबाट खेत पटउन  प्रती घन्टा २ सयदेखि ३ सय रुपैयाँको  हाराहारीमा खर्च हुुने गरेकोमा बिधुुतीय मिटरबाट खेतमा पानी पटाउँदा प्रती घन्टा २० देखि २५रुपौया खर्च हुने भएकोले यसले किसानलाइ  खडेरिमा ठुुलो राहात पुुगेको नगर प्रमुुख आर्चायले  बताउनुु भयो । 
 हाल जिल्लाको धेरै पालिकाले किसानले प्रयोग गर्ने कृषि मिटरको बिलको भुुक्तानी समेत गरिरहेका छन । जस्ले गर्दा किसानलाई अझ धेरै राहत मिलेको छ ।
 नेपाल विद्युत् प्राधिकरणको २०७८ सालको विद्युत महसुल संकलन नियमावली अनुसार, सिँचाइ प्रयोजनका लागि सरकारले निर्धारित गरेको विद्युत् दर  अनुुसार तल्लो भोल्टेज ९२३०-४०० भोल्टमा सञ्चालित सिँचाइ मिटरको दर अहिले पनि प्रतियुनिट २।२५ रुपैयाँ मात्र छ, भने उच्च भोल्टेजमा विशेष ट्रान्सफर्मरमार्फत सञ्चालित सिँचाइ प्रणालीको हकमा प्रतियुनिट २।५० रुपैयाँ लिइँदै आएको छ ।

No comments:

Post a Comment