Translate

Sunday, August 31, 2025

खुटौनामा पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

 

ए.आइ को मद्दतले बनाएको सांकेतिक तस्बिर 


मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १५ 

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-६ सुखैनिया टोलमा आइतबार एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
   मृत्यु हुनेमा सोही टोल निवासी शिवशरण पासवानका छोरा छोटेलाल पासवानकी छोरी अन्दाजी ५ वर्षीया आरुही पासवान रहेकी छिन् ।   परिवारका सदस्यले खोजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा उनी भेटिएकी स्थानीयले बताएका छन् ।
   यस घटनापछि पुरै गाउँ  शोकमग्न बनेको छ। 


No comments:

Post a Comment