Translate

Sunday, August 24, 2025

मलंगवामा समरसियलमार्फत समय तालिका अनुसार खानेपानी आपूर्ति सुरु

  

मधेशदूत समाचारदाता---
सर्लाही, भदौ ८ 

    स्थानीयबासीको दिर्घकालिन मागलाई सम्बोधन गर्दै मलंगवा नगरपालिका वडा न–८ मा वडा कार्यालयको पहलमा समरसियल बोरिङ जडान गरी खानेपानी आपूर्ति सुरु गरिएको छ । 


   हालसम्म वडाभित्रका ६ वटा स्थानमा  बोरिङ द्वारा जमिनमुनिबाट पानी निकालेर पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पुर्‍याउने व्यवस्था मिलाइएको वडा अध्यक्ष मुकेश जयसवालले जानकारी दिएकान छन् ।     साधन स्रोत सीमित रहे पनि बढ्दो जनसंख्या र दैनिक जीवनमा पानीको बढ्दो खपतलाई ध्यानमा राख्दै वडा कार्यालयले यो योजना अघि सारेको उनले बताए । उनका अनुसार हाल सुरु गरिएको आपूर्तिले वडावासीलाई केही मात्रामा सहजता दिलाए पनि माग अनुसार अझै पर्याप्त छैन, त्यसैले थप बोरिङ जडान र पाइपलाइन विस्तार गर्ने तयारी भइरहेको छ।
  यस परियोजनामा सक्रिय सहयोग पुर्याएका जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवा नगरपालिका, पूर्वमन्त्री नागेन्द्र कुमार राय, स्थानीय व्यापारी एवं मनकामना हार्डवेयरका प्रोपराइटर सचिन गुप्ता, संजय हार्डवेयर र व्यवसायी सुभाष गुप्तालाई वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष जयसवालले सार्वजनिकरूपमा धन्यवाद ज्ञापन गरेको छ।   
   नयाँ व्यवस्थाअनुसार उपभोक्ताले निश्चित समयावधिमा मात्र पानी प्रयोग गर्न सक्ने छन्। बिहान ६ देखि ८ बजेसम्म, दिउँसो १२ देखि २ बजेसम्म र बेलुकी ६ देखि ८ बजेसम्म बोरिङको पानी प्रवाह गरिनेछ। वडा अध्यक्ष जयसवालका अनुसार, "यो चरणबद्ध प्रयास हो । अहिले तत्कालको आवश्यकतालाई सम्बोधन गर्ने काम भएको छ, अब दीर्घकालीन रुपमा स्थायी खानेपानी समाधानका लागि योजनाहरू अघि बढाइनेछन् ।"
   स्थानियवासीले वडा कार्यालयको यस पहललाई स्वागत गर्दै थप स्थानमा बोरिङ विस्तार गर्न आग्रह गरेका छन्।


No comments:

Post a Comment