Translate

Sunday, August 24, 2025

मलंगवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न

  


मधेशदूत समाचारदाता--- 

सर्लाही,भदौ ८    

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने सन्देशलाई आत्मसात गर्दै राजयोगिनी प्रकाशमणी दादीको १८ औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग, नेपालले मलंगवा नगरपालिका–८ को सहयोगमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
   वडा नं. ८ स्थित ब्रह्मभूमि अस्पतालमा शुक्रबार सम्पन्न कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए। विश्व रक्तदान अभियान २०२५ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मलंगवाकी अध्यक्ष सीता बहनजीको अध्यक्षता रहेको थियो ।     कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख शकुन्तला देवी साह रहनु भएको थियो भने विशिष्ट अतिथि वडाअध्यक्ष मुकेश जयसवाल, स्वास्थ्य शाखा संयोजक सलिम मिकरानी, नागेन्द्र प्रसाद चौधरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
  रक्तदान गर्ने दाताहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । सहभागीहरुले यस कार्यक्रमले समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन ठूलो योगदान दिएको प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment