एक हजार भन्दा बढीको सहभागीता रहने अपेक्षा
मनोज यादव---
सर्तमा, भदौ ८
नेपाल जेसीजको नेतृत्वमा मलंगवा जेसीजले आगामी भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) सर्लाहीको मलंगवामा प्रतिष्ठित नेपाल जेसीज क्षेत्र "क" सम्मेलन आयोजना गर्ने भएको छ ।
१८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण र उद्यमशीलता क्षमताको अभिवृद्धिमा समर्पित यो सम्मेलनमा करिब १ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा नेतृत्व, परियोजना तथा सामुदायिक विकाससम्बन्धी सेमिनार, कार्यशाला र तालिम सञ्चालन हुनेछन् ।
क्षेत्र "क" अन्तर्गतका ४६ शाखासहित नेपाल जेसीजका अन्य क्षेत्रका पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष, प्रशिक्षक, विद्यार्थी, उद्यमी, व्यवसायी, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने मलंगवा जेसीज २०२५ का अध्यक्ष जेसी प्रविण कुमार गुप्ताले जानकारी दिएको छ ।
कार्यक्रमले युवालाई सीप विकास, अनुभव आदान–प्रदान र भविष्यका परियोजनामा सहकार्य गर्ने अवसर प्रदान गर्नुका साथै मलंगवाको धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
मलंगवा जेसीजले विभिन्न समिति र उपसमितिहरु गठन गरि सम्मेलनको तयारीलाई तीव्र रूपमा अघि बढाइसकेको सम्मेलन निर्देशक विभाष कुमार कर्णले जनाएको छ।
No comments:
Post a Comment