Translate

Thursday, August 28, 2025

समाजको बिचमा रहेका मानीसलाई खुुशि दिनुु नै सबै भन्दा ठुुलो समाजवाद हो : माहामन्त्री थापा




उषा किरण पोखरेल
 सर्लाही,भदौ १२ गते। 

     नेपाली कांग्रेस सर्लाहीका पुुर्व सभापती, नेपाल किसान संघका पुुर्व केन्द्रीय सभापती  तथा नेपाली कांग्रेस संस्थापक सभापती बि.पि कोईरालाको समकालीन राजनीतिमा लागेर देश र जनाताका लागि  सधै काम गर्ने ब्यक्तिको रुपमा चिनीने बाशुुदेव शरण कोईरालको स्मृतिसभामा सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ। उहाँको निजी निवास वडा न-२ स्थित जुुटपानीमा बिहीबार  कांग्रेस महामन्त्री गगन कुुमार थापाको प्रमुुख आतिथ्यतामा शोकसभा संम्पन्न भएको हो ।
    ने.का सर्लाही जिल्ला कार्यसमितिको आयोजना तथा लालबन्दी नगरकार्य समितिको व्यवथापनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मधुु आचार्य ,नेता बजरङ्ग नेपाली, जिल्ला स्थित बिभिन्न पालीकाका पालीका प्रमुुख तथा उपप्रमुुख ,मधेष प्रदेश सभा सदस्य तथा ने.का मधेश प्रदेश कार्य समिति सदस्य ,महासमिति सदस्य तथा महाधिवेशन प्रतीनिधी ,जिल्ला कार्य समितिका पदाधीकारी, क्षेत्रीय समितिका पदाधिकारीहरुलगायत पार्टी  सदस्यहरुको बक्लो उपस्थिती रहेको थियो।
    सभालाई संम्वोधन गर्दै केन्द्रिय सदस्य आचार्यले देशले एउटा अभिभावक गुुमाएको बताउनुु भयो । उहाँ जिवित रहँदा होस वा दिवंगत भएपछि पनि उहाँको योगदान सदैव रही रहने बताउनुु भयो । दिवंगत भइसके पछि पनि उहाँले  आफ्नो अंग दान गरेर सो कुराको प्रमाण दिइसक्नु भएको आचार्यले भन्नुभयो। 
उहाँले क्रान्तिमा रहेको समयमा समेत उँहाले कठीनाईलाई सहज रुपमा स्विकार्नु भएको बताउनुु भयो । उहाँको शिक्षा क्षेत्रमा समेत उल्लेखनीय योगदान रहेकोले देश र जानताले सदैव उहाँको  योगदानलाई संम्झीरहने बताउनुुभयो।बृद्धअबश्थामा पाइला टेटिसकेकाहरुलाई बस्न सहज होस भनेर पद्धम भुुवनेश्वरी नमुुना बृद्व सेवा आश्रम समेत संञ्चालन गरेर उहाँले ठुलो योगदान पुर्याउनु भएको आचार्यले भन्नुभयो।
   त्यस्तै महामन्त्री थापाले समाजको बिचमा रहेका मानिसलाई खुुशी दिनुुनै सबै भन्दा ठुुलो समाजवाद रहेको बताउनुु भएको छ। पार्टीमा लाखौ कार्यकर्ताहरु रहेको र सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुु पर्ने र उँहाले जिवनमा आफ्नो लागि भन्दा पनि समाजको लागि धेरै काम गरेकाले यो योगदान ठुलो रहेको थापाले बताउनुु भयो । आज देशका धेरै स्थानमा स्कुुल तथा स्वास्थ्य केन्द्र लागायतका कुुरा खोल्ने काममा उहाँ र उहाँ जस्ता धेरै कांग्रेसी साथीहरु लाग्नुु भएको थापाले बताउनुुभयो । देशको धेरै स्थानमा विद्यालय तथा स्वास्थ्य केन्द्र स्थापना र संचालनका लागि जग्गा दान गर्ने व्यतीहरु धेरै काँग्रेसी साथीहरु नै रहेको पाइएको थापाले बताउनुुभयो । उहाँ पनि यस्तै काममा लाग्नुु भएको र त्यसैले आज उहाँको जिवन वाट सबैले समाजलाई हित हुुने तरिकाले काम गर्नुु पर्ने कुुरा सिक्न उहाँले आग्रह गर्नुुभयो ।
     कोईरालाको जिवनको बारेमा पुुस्तक निकाल्न समेत थापाले आग्रह गर्नु भएको छ । यस्ता पुस्तकको लागि काँग्रेस केन्द्रीय पुुस्तकालयमा एक स्थान रहेको र त्यस स्थान मार्फत उँहाको बारेमा सर्लाही जिल्ला मात्र नभएर देशभरीका जनतालाई जानकारी गराउने   काम गर्न थापाले बताउनुु भएको छ ।

No comments:

Post a Comment