Translate

Thursday, August 28, 2025

सर्लाहीमा लोसपाको पालिका स्तरीय अधिवेशन तयारी बैठक सम्पन्न



मधेशदूत समाचारदाता
सर्लाही, भदौ १२ ।

   महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले निर्धारित कार्यक्रमअनुसार कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बरहथवा नगरपालिकामा पालिका स्तरीय अधिवेशन तयारी बैठक सम्पन्न गरेको छ।
  बैठकले भदौ मसान्तभित्र वडा अधिवेशन र असोज मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव मनिष मिश्रसहित केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताकार्यकर्ता तथा निर्वाचित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
 बैठकमा तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गरी संगठनलाई सबल बनाउन नेताकार्यकर्ताले प्रतिबद्धता जनाएका छन्।


No comments:

Post a Comment