Translate

Sunday, August 31, 2025

नेवा:देय दबू मलंगवा नगर समितिको १४ सदस्यीय कार्यसमिति गठन

 


मधेशदूत समाचारदाता---
मलंगवा,भदौ १५  

   मलंगवामा नेवा:देय दबू (नेवार राष्ट्रिय संगठन) नगर समितिको १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। ओमहरि राजोपाध्यायको सभापतित्वमा र प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा-८ स्थित सना गुठीमा आयोजित कार्यक्रममा दिपकलाल अमात्यको अध्यक्षतामा नयाँ  कार्यसमिति गठन गरिएको हो।
  सर्वसम्मतिले गठन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको रूपमा निर्मल श्रेष्ठ, उपाध्यक्षको रूपमा गीता अमात्य र सुनिल श्रेष्ठ, सचिवको रूपमा दिवानी धिमिरे (रघुवंसी) र संजु प्रकाश श्रेष्ठ, कोषाध्यक्षको रूपमा शुशिला अमात्य र संजयराज भण्डारी चयन भएका छन्। साथै, सदस्यको रूपमा सलिता श्रेष्ठ, सुनिता श्रेष्ठ, विना जोशी, मनोज अमात्य, समिर जोशी, दिपेन अमात्य र सीता श्रेष्ठ चयन भएका छन्।
  कार्यक्रमको स्वागत मन्तव्य सुवोधहरि राजोपाध्यायले प्रस्तुत गरेका थिए भने संचालन राष्ट्रिय परिषद सदस्य शंकर श्रेष्ठले गरेका थिए।
  समारोहमा नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धर, प्रदेश अध्यक्ष तिलक श्रेष्ठ, सर्लाही अध्यक्ष गोपाल श्रेष्ठ, हरिवन अध्यक्ष संजिब महाजु ,राजश्री बचत तथा ऋण सहकारी मलंगवाका मुख्य प्रबन्धक राजनहरि श्रेष्ठ लगायत स्थानीय समुदायका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
   नेवार समुदायका लागि  मलंगवामा पहिलोपटक गठन भएको यस कार्यसमितिले  समुदायको सशक्तिकरण र सांस्कृतिक पहिचानलाई अझ प्रगति गर्ने विश्वास गरिएको छ।

No comments:

Post a Comment