Translate

Monday, August 18, 2025

सर्लाहीमा विद्यार्थी बोकेको बस पल्टियो,पाँच विद्यार्थी सहित चालक घाइते

 


मधेश दूत समाचारदाता— 
सर्लाही, भदौ २ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थी र बस चालक घाइते भएका छन् ।


   ईश्वरपुर नगरपालिका वडा न–१२, बयलवासस्थित माउन्ट कन्चनजंघा बोर्डिङ स्कुलको ना ५ ख ७३७३ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
  दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतो सहित सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनु कुमार महतो, सात वर्षीय सनी कुमार महतो, नौ वर्षीया सोनम कुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन् ।
 प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ भने उनीहरूको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बुझिएको छ।


No comments:

Post a Comment