Translate

Wednesday, August 20, 2025

आशिष सामाजिक सेवा नेपालको वार्षिक समीक्षा बैठक सम्पन्न

 



बेचबिखन विरुद्ध सम्बन्धित  निकायबीच समन्वयात्मक कामलाई थप प्रभावकारी बनाउन सुझाव

मधेश दूत समाचारदाता---
सर्लाही,भदौ ४

    सर्लाहीको मलंगवामा आशिष सामाजिक सेवा नेपालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ। बुधबार मलंगवा–३ स्थित महेन्द्र होटलमा विभिन्न संघसंस्था, सुरक्षा निकाय, स्थानीय सरकार, पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

  जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका कार्यकारी निर्देशक युवराज विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा
स्वागत मन्तव्य कार्यक्रम संयोजक अमृत सेन्चुरीले दिएका थिए भने जिल्ला कार्यक्रम संयोजक संगिता नेपालीले  गत आर्थिक वर्षमा संस्थाले गरेका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।
   नेपालीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्था द्बारा सञ्चालित जनचेतनामूलक कार्यक्रम, उद्धार, परामर्श, पारिवारिक पुनर्मिलन, पुनःस्थापना, पुनःअनुगमन, तालिम सिफारिसलगायत गतिविधिबारे विस्तृत विवरण दिइएको थियो।
उनले मलंगवा शाखाले स्थानीय तह, सुरक्षा निकाय, भन्सार कार्यालय, विद्यालय, सञ्चारकर्मी, भारतीय सुरक्षा निकायल तथा संस्थाहरु गायतसँग समन्वय गरी मानव बेचबिखन विरुद्धका कामहरू अगाडि बढाएको जानकारी दिएका थिए।
  कार्यक्रममा सामाजिक, कानुनी, संरचनात्मक, प्रविधिक र सांस्कृतिक चुनौतीहरूबारे पनि छलफल भएको थियो। समुदायमा बेचबिखनलाई सामान्य रुपमा लिने प्रवृत्ति, पीडितले उजुरी नदिने अवस्था, कानुनको अपुरो कार्यान्वयन, सीमामा कमजोर निगरानी, सामाजिक सञ्जालमार्फत हुने अपराध लगायतका विषयहरू मुख्य चुनौतीका रूपमा उठाइएका थिए।


  कार्यक्रममा विशिष्ट अतिथि रूपमा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल, मलंगवा–८ का वडाध्यक्ष मुकेश जयसवाल, वडा नं. २ का वडाध्यक्ष धिरेन्द्र साह, सशस्त्र प्रहरी प्रमुख , नेपाल प्रहरी, महिला तथा बालबालिका शाखा प्रमुख नगीना राय, मानवअधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, नागरिक समाजका शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रममा बक्ताहरुले जिल्लामा मानव बेचबिखन विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई सुदृढ गर्नुपर्ने सुझाव  दिएका थिए ।


No comments:

Post a Comment