जन्मदिनको अवसरमा पत्रकार मैनालीद्वारा गुरुकुललाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग
मधेश दूत समाचारदात---
सर्लाही, साउन २९
सर्लाहीका क्रियाशील पत्रकार प्रकाश मैनालीले आफ्नो जन्मदिन सामाजिक सेवामा समर्पण गर्दै राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमा मनाएका छन्।
जन्मदिनको अवसर पारेर मैनालीले गुरुकुल सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेका हुन्। गुरुकुलका शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षले मैनालीको यो योगदानप्रति खुशी व्यक्त गरेका छन्।
हाल पत्रकार मैनाली सामुदायिक रेडियो एकताको स्टेशन म्यानेजरको जिम्मेवारीमा रहेका छन् भने उनी सर्लाहीबाट प्रकाशित हुने उज्यालो अभियान दैनिक का प्रकाशक तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकका संवाददाता पनि हुन्। साथै, उनी ईमेज टेलिभिजनका लागि समेत समाचार संकलन गर्दै आएका छन्।
पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका मैनाली नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद्का सदस्य पनि हुन्। सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै अग्रसर मैनाली आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष तथा बिपी सामुदायिक पुस्तकालय ईश्वरपुरका अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन्।
आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रुपान्तरण गरेर उदाहरणीय कार्य गरेका मैनालीप्रति गुरुकुल परिवारले कृतज्ञता व्यक्त गरेका छन्।
No comments:
Post a Comment