Translate

Wednesday, August 13, 2025

सर्लाहीमा हरियो हुँदै धान बाली

 

यसवर्ष ४४ हजार १७५ हेक्टरमा धान खेती हुने अपेक्षा



मधेश दूत डेस्क---
सर्लाही, साउन २८ ।

    एक सातादेखि भइरहेको अविरल वर्षाले सर्लाहीसहित मधेश प्रदेशका किसानको अनुहारमा फेरि मुस्कान ल्याएको छ। साउनको मध्यसम्म खडेरीका कारण सुकेका खेतहरूमा अब हरियो धान लहलहाउन थालेका छन्।
   मधेश प्रदेशमा लगातार वर्षापछि सर्लाहीमा धान रोपाइँ ८० प्रतिशतभन्दा बढी सकिएको छ। बालीमा गाँज आउन थालेपछि किसान मल हाल्न व्यस्त छन्, यद्यपि आवश्यक मात्रामा मलको आपूर्ति भने अपूरो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाका अनुसार जिल्लामा यस वर्ष
४४ हजार १७५ हेक्टरमा धान खेती हुने अपेक्षा गरिएको  छ।


No comments:

Post a Comment