सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवा २ स्थित आफ्नै भवनबाट सेवा दिन सुरु
मधेश दूत डेस्क
मलंगवा,साउन २५गते।
सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय अब आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ।
पहिले भाडाको घरमा सञ्चालन हुँदै आएको यो कार्यालयको नयाँ भवन आज उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले उद्घाटन गर्नुभयो। उहाँले स्थायी भवन बनेपछि अब कार्यालय अन्यत्र सर्नुपर्ने अवस्था नआउने बताउनुभयो।
साढे दुई तले यो भवन बनाउन एक करोड ६४ लाख २७ हजार १८७ रुपैयाँ खर्च भएको हो। भवन बनेपछि सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने समस्या अन्त्य भएको कार्यालय प्रमुख संजिपकुमार दुब्बेले बताए।
२०७८ असोज १३ गते भवन निर्माणको सम्झौता भए पनि जग्गा विवादका कारण काम ढिलो भएको थियो। राम कविर मठले दिएको दुई कठ्ठा जग्गामा भवन बनेको हो।
मलंगवा–२ का वडाध्यक्ष धीरेन्द्र साहका अनुसार वडा कार्यालयले निरन्तर समन्वय गरी विवाद समाधानमा भूमिका खेलेको थियो।
No comments:
Post a Comment