Translate

Friday, August 8, 2025

जनकपुरबाट मलंगवा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

 

दुर्घटनाग्रस्त बस

मधश दूत डेक्स---
सर्लाही, साउन २३ गते

     सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गको दोस्रो लचक नजिक शुक्रबार राति भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।
   जनकपुरबाट मलंगवा तर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रुबहाक बस राति पौने ८ बजेतिर अनियन्त्रित भई सडक छेउमा दुर्घटनाग्रस्त भएको हो।
    दुर्घटनामा परेर घाइते हुनेमा धनुषा हंशपुर नपा–२ का २८ वर्षीय उदित साह,सर्लाही कबिलासी नपा–८ का ६८ वर्षीय राम पुकार मुखिया,सोही ठाउँकी २५ वर्षीया सुमित्रा देवी महतो,महोत्तरी बर्दिबास नपा–७ की ३९ वर्षीया कमला कुमारी महतो र उनका १४ वर्षीय छोरा आशिष कुमार महतो,धनुषा क्षिरेश्वरनाथ नपा–५ की २७ वर्षीया चन्दा देवी साह,सर्लाही मलंगवा नपा–१२ की ४५ वर्षीया जतारन महतो,सोही ठाउँकी ६५ वर्षीया सखिया महतो,धनुषा सबैला नपा–२ का ३८ वर्षीय हरी शंकर साह,सर्लाही लालबन्दी नपा–५ की २४ वर्षीया रेनुका गौतम,कबिलासी नपा–३ की २३ वर्षीया मुनिका कुमारी शर्मा र २४ वर्षीय धिरज कुमार ठाकुर,सर्लाही हरीपुर नपा–७ की ३० वर्षीया बिर्जना सिंह,धनुषा मिथिला नपा–१ की ३५ वर्षीया मन्जु कुमारी महतो र उनका छोरा १० वर्षीय आशिष कुमार महतो तथा ५ वर्षीय शुसन कुमार महतो,हरीपुर नपा–९ की ४५ वर्षीया रीता चौधरी,बर्दिबास नपा–१ की ४ वर्षीया श्रीषा पोखरेल,बसका सहचालक धनुषाधाम नपा–८ का ४० वर्षीय विजय यादव
            घाइतेहरूको उपचार मोडेल अस्पताल लालबन्दी, लाइफलाइन हेल्थ केयर नवलपुर र शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment