HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Saturday, June 27, 2026

बरहथवामा श्री गणेश युवा समितिको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न



घनश्याम सिंह----
सर्लाही, असार १३

    सर्लाहीको बरहथवा र हरिपुर नगरपालिकाको सिमानास्थित बिहानी वनमा श्री गणेश युवा समितिको पाँचौँ वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
   समितिका अध्यक्ष सुशील कुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र साह प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष अमरनाथ साह विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।


   कार्यक्रममा इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदी, प्रहरी निरिक्षक  राजेश राय, हरिपुर न.पा का पूर्व नगरप्रमुख देवानन्द महतो, वडा नं. ५ का अध्यक्ष शिवकुमार सिंह, पूर्व वडा अध्यक्ष तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समितिका सल्लाहकारहरू दुखा साह, शिवकुमार अग्रवाल, संजय प्रसाद गुप्ता, मदन दास र विश्वनाथ महतोको पनि कार्यक्रममा सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित अतिथि तथा विशिष्ट व्यक्तिहरूलाई टीका र गमछा ओढाएर सम्मान गरिएको थियो।


   १०० भन्दा बढी सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको साधारणसभामा समितिका कोषाध्यक्ष संजीब साहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो। साथै आगामी कार्यक्रम तथा योजनाका लागि प्रस्तावित बजेट पनि पेश गरिएको थियो।
   साधारणसभामा संस्थाको नियमावली, आगामी कार्ययोजना, संगठन विस्तार, सामाजिक सेवामूलक कार्यक्रम तथा युवाको सहभागिता अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन विभिन्न सुझावसमेत दिएका थिए।


   कार्यक्रमको समापन गर्दै अध्यक्ष सुशील कुमार साहले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थालाई अझ सक्रिय, संगठित र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

No comments:

Post a Comment