भन्सार छलीका सामानसहित सात मोटरसाइकल नियन्त्रणमा
मधेशदूत समाचारदाता----
सर्लाही, जेठ १८
सर्लाही प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका किराना, मिठाई तथा खाद्यान्न सामग्रीसहित सात वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विभिन्न मिति र स्थानबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामग्रीहरू बरामद गरेको हो। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य ४ लाख ९७ हजार ५ सय ७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त सामान ढुवानीमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको जनाइएको छ।
बरामद गरिएका मोटरसाइकलहरूमा भारतीय नम्बर प्लेट भएका BR 30AA 4437, BR 06BD 2124, BR 06BL 0714, BR 30AH 8455, BR 30F 9478, BR 30U 4586 तथा नम्बर नखुलेको एक मोटरसाइकल रहेको प्रहरी प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमले जनाएको छ। उनले यस्ता अवैध गतिविधिविरुद्धको कारबाही आगामी दिनमा पनि निरन्तर जारी रहने बताएका छन् ।
No comments:
Post a Comment