प्रथम HCA सुबर्ण समशेर स्मृति यू–१३ क्रिकेट प्रतियोगितामा सर्लाहीका समर यादवको शानदार प्रदर्शन
मधेशदूत समाचारदाता---
सर्लाही ,जेठ १०
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका निवासी संजिव कुमार यादवका छोरा समर यादवले प्रथम HCA सुबर्ण समशेर स्मृति यू–१३ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेका छन्।
समर ले प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा अविजित ११७ रन प्रहार गरेका हुन्। उनले आफ्नो आकर्षक इनिङ्समा ९ छक्का र १२ चौका प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए।
कम उमेरमै देखिएको उनको प्रतिभा, मेहनत र आत्मविश्वासले भविष्यमा नेपाली क्रिकेटमा उत्कृष्ट सम्भावना बोकेको संकेत गरेको स्थानीय खेलप्रेमीहरूले बताएका छन्।
समर यादवलाई यस उत्कृष्ट उपलब्धिका लागि हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। यस्तै मेहनत, लगनशीलता र निरन्तर अभ्यासबाट उनले अझ उच्च सफलता हासिल गरून् भन्ने सबैको अपेक्षा रहेको छ।
उनको खेल जीवन अझ उज्ज्वल, सफल र प्रेरणादायी बनोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।
No comments:
Post a Comment