आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै पत्रकार महासंघ सर्लाहीको १२ औं वार्षिक साधारण सभा सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ११
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षता तथा महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने एवं केन्द्रीय सदस्य राजेश कर्णको प्रमुख आतिथ्यतामा शनिवार मलंगवा-१० स्थित मलंगवा पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, महासचिव शैलेन्द्र क्रान्ती, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी बल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री, कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दास, मानव अधिकार तथा नागरिक समाजका अगुवा रजनिकान्त झा र शिवचन्द्र चौधरी, समाजसेवी भवानी कोइराला लगायतको आतिथ्यता रहेको थियो।
महासंघका सचिव सोम दियालीको सञ्चालन तथा उपाध्यक्ष मुकेश झाले स्वागत गरेको कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू चूडामणि वाग्ले, कृष्णकुमार एस्माली, रोशन न्यौपाने, विश्वनाथ ठाकुर, टंकबहादुर क्षेत्री लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन पछिको बन्द शत्रमा महासंघ सर्लाहीका सचिव दियालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष घनश्याम सिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए।
No comments:
Post a Comment