Translate

Monday, May 25, 2026

मलंगवा–८ को रिङरोडमा मोटरसाइकल दुर्घटना : मदिराको नशामा रहेका चालक गम्भीर घाइते

मधेशदूत समाचारदाता--

सर्लाही, जेठ ११

   सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित रिङरोड (हुलाकी सडक) क्षेत्रमा सोमबार राति BR 06BE 7698 नम्बरको भारतीय  मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
   विद्युत कार्यालयबाट पूर्वतर्फ रञ्जितकार कोल्ड स्टोरेज जाने सडकखण्डमा राति करिब १०:३० बजे भएको दुर्घटनामा लक्ष्मीपुर सुखचैना निवासी रामाकान्त महतोका छोरा बालकिशोर महतो घाइते भएको प्रहरीले जनाएको छ।
  स्थानीय प्रत्यक्षदर्शी कमलेश शाहले प्रहरीलाई दिएको जानकारी अनुसार युवकले मदिरा सेवन गरी मोटरसाइकल चलाइरहेका थिए। उनले हेलमेट समेत नलगाएको बताइएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयको भनाइ छ।
   दुर्घटनापछि स्थानीयवासी तथा प्रहरीले घाइते युवकलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





No comments:

Post a Comment