नेपाल प्रहरीका लागि निःशुल्क थाइराइड जाँच शिविर सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ११
थाइराइड दिवसको अवसर पारेर नेपाल प्रहरी कर्मचारीहरूका लागि मलंगवामा निःशुल्क थाइराइड जाँच शिविर सञ्चालन गरिएको छ।
तिरुपति बालाजी क्लिनिकको आयोजनामा सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा सञ्चालन गरिएको शिविरमा १२० जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा प्रहरी प्रमुखदेखि प्रहरी जवानसम्मको जाँच गरिएको आयोजकले जनाएको छ।
शिविर अन्तर्गत T3, T4, TSH तथा सुगर जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भएको उक्त शिविर स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ।
शिविरमा गरिएको परीक्षणको रिपोर्ट तीन दिनपछि उपलब्ध गराइने तथा आवश्यक थप उपचार प्रक्रिया अघि बढाइने JCI Malangwa का उपाध्यक्ष जेसी सुवास गुप्ताले जानकारी दिएका छन्।
कार्यक्रमको समन्वय जिल्ला प्रहरी कार्यालय सर्लाही ले गरेको थियो भने सहयोगी संस्थाको रूपमा JCI मलंगवाको सहभागिता रहेको थियो।
No comments:
Post a Comment