हरिवनमा औषधि पसलको सटर फुटाएर चोरी, व्यापारीहरू त्रसित
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १७
सर्लाहीको हरिवन चोकस्थित चन्दन मेडिकल हलमा चोरी भएको छ। अज्ञात समूहले मेडिकल हलको अगाडिको सटर फुटाएर करिब १ लाख रुपैयाँ नगद लुटेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
मेडिकल हलका संचालक चन्दन चौधरीका अनुसार रातिको समयमा सटर फुटाएर भित्र प्रवेश गरी नगद रकम चोरी गरिएको हो। घटना बिहान मात्रै थाहा भएको र त्यसपछि तत्कालै प्रहरीलाई जानकारी गराइएको उनले बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालयले घटनास्थलको मुचुल्का उठाई प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ।
यो चोरीपछि स्थानीय व्यापारीहरूमा त्रासको वातावरण सिर्जना भएको छ। यसअघि पनि चोरीका घटना भइसकौकोले बजार क्षेत्रको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको स्थानीय व्यवसायीहरूको भनाइ छ।
स्थानीय व्यवसायीहरूले घटनालाई सामान्य रूपमा नलिई तत्काल प्रभावकारी अनुसन्धान गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था सुदृढ गर्न माग गरेका छन्।
यसैबीच, स्थानीय सरकार, प्रहरी प्रशासन तथा उद्योग वाणिज्य संघलाई समेत घटनाको गम्भीरतापूर्वक छानबिन गरी बजार क्षेत्रमा नियमित गस्ती र सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरिएको छ।
No comments:
Post a Comment