सर्लाहीको सुरक्षा कमाण्ड अब एसपी रबिन्द्रनाथ पौडेलको हातमा
मधेशदूत समाचारदाता
सर्लाही, जेठ ७
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सर्लाही सरुवा भई आउनुभएका एसपी पौडेलले पदभार ग्रहणसँगै जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था तथा वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो। उहाँ यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत यूएन शाखा, नक्साल काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो।
पदभार ग्रहणपछि उहाँले जि.प्र.का मा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिँदै नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
एसपी पौडेलले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनलाई अझ सक्रिय, जिम्मेवार र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment