Translate

Sunday, April 12, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल दक्षिण एशियामै महँगो: प्रमोद साह

  



मधेशदूत समाचारदाता----
सर्लाही, चैत ३०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको छोटो समयमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको विषयलाई लिएर पूर्व संघीय सांसद प्रमोद साह ले कडा आलोचना गरेका छन्।
उनले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले गठन भएको १७ दिनमै “नयाँ इतिहास” बनाएको दाबी गर्दै उक्त इतिहास सुशासन वा जनजीविकामा सुधार नभई पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग जोडिएको टिप्पणी गरेका छन्।
    साहका अनुसार सरकारले इरान-अमेरिका युद्ध को प्रभाव देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ, जसका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको उनले बताए। “दिनमा एक पटक मात्र चुलो बल्ने अवस्था सिर्जना भएको छ,” उनले भने।
  उनले प्रस्तुत गरेको तथ्यांकअनुसार दक्षिण एशियामा पेट्रोलको मूल्य सबैभन्दा बढी नेपालमा पुगेको दाबी गरिएको छ। विभिन्न देशमा पेट्रोलको मूल्य नेपाली रुपैयाँमा यसप्रकार रहेको उनले उल्लेख गरेका छन्। जसअनुसार 
नेपालमा २१९ रुपैयाँ,बंगलादेशमा १४० रुपैयाँ
माल्दिभ्समा १५३ रुपैयाँ ,भुटानमा १५७ रुपैयाँ, श्रीलंकामा  १८७ रुपैयाँ,पाकिस्तानमा : १९४ रुपैयाँ र भारतमा १५७ रुपैयाँ रहेको छ।
   साहले सरकारले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गम्भीर हुनुपर्ने उल्लेख गर्दै मूल्यवृद्धि तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।
   यता, सरकार पक्षबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

No comments:

Post a Comment