Translate

Thursday, April 2, 2026

मलंगवा नापी कार्यालयमा विचौलिया प्रवेश निषेध, परिचयपत्र अनिवार्य




मधेशदूत समाचारदाता----
सर्लाही,चैत २०
    सेवा प्रवाहलाई प्रभावकारी र गुनासोमुक्त बनाउन मलंगवा नापी कार्यालयले अनधिकृत व्यक्तिहरू (विचौलिया) को प्रवेशमा रोक लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ।
   मन्त्रालय र विभागको निर्देशन अनुसार अब कार्यालयमा प्रवेश गर्दा परिचय खुल्ने कागजात अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
   मलंगवा नापी कार्यालयका प्रमुख नापी अधिकृत सुमन किशोर मिश्रका अनुसार,बिचौलियाहरुलाई प्रवेश निशेध गर्न  आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात देखाएर मात्र कार्यालय प्रवेश गर्न सक्नेछन्। यसले कार्यालयमा हुने भीडभाड व्यवस्थापन, पारदर्शिता र सेवाग्राहीलाई हुने असुविधा घटाउने अपेक्षा गरिएको छ।
   कार्यालयका अनुसार पछिल्लो समय विचौलियाका कारण सेवाग्राहीहरू ठगीमा पर्नु, ढिलासुस्ती हुनु र अन्य झन्झट बढ्नु जस्ता समस्या देखिएकाले थिए। सोही  नयाँ व्यवस्था लागू गरिएको हो।


No comments:

Post a Comment