कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीको बैठक सम्पन्न
मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख १४
कुशवाहा बुद्धिजीवी सेवा समाज जिल्ला समन्वय समिति सर्लाहीको बैठक आइतवार मलंगवा स्थित कुशवाहा धर्मशालामा सम्पन्न भएको छ। बैठक समितिका अध्यक्ष राम विश्वास कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा समाजका वरिष्ठ नेता लक्ष्मण कुशवाहा तथा जिल्ला सचिव एवं प्राध्यापक वीरेन्द्र कुशवाहाले अतिथिका रूपमा सम्बोधन गर्दै समाजको एकता, शैक्षिक विकास र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनीहरूले समाजलाई संगठित, सशक्त र प्रभावकारी बनाउन सबै सदस्यहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
बैठकमा बुद्धिजीवी समाजका सर्लाही जिल्ला सचिव तथा मावि प्रधानाध्यापक जवाहरलाल कुशवाहा, वरिष्ठ समाजसेवी तथा कर्मचारी पवन कुशवाहा, सहसचिव जितेन्द्र कुशवाहा, चन्द्रभूषण कुशवाहा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित पदाधिकारी तथा सदस्यहरूले समाजको वर्तमान अवस्था, आगामी कार्ययोजना तथा समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।
बैठकले समाजको संगठन सुदृढीकरण, शैक्षिक तथा सामाजिक गतिविधिलाई थप सक्रिय बनाउने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने तथा आपसी समन्वयलाई मजबुत बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ।
समाजले आगामी दिनमा शिक्षा, सामाजिक जागरण र समुदाय विकासमा केन्द्रित कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
No comments:
Post a Comment