Translate

Wednesday, April 22, 2026

सर्लाहीमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु

 



मधेशदूत समाचारदाता---
मलङ्वा, बैशाख ९

   ट्राफिक नियमको बारम्बार उल्लंघन गर्ने चालकविरुद्ध कारबाही सुरु गरिएको छ।
   Traffic Violence Record System (TVRS) को अभिलेख जाँचका क्रममा ५ भन्दा बढी पटक ट्राफिक नियम उल्लंघन गर्ने २ जना चालक पहिचान भएपछि उनीहरूको सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बनका लागि प्रक्रिया अघि बढाइएको हो।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं ट्राफिक प्रहरी निरिक्षक अशोक साहका अनुसार ती चालकहरूको लाइसेन्स निलम्बनका लागि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँदै  मंगलबार यातायात व्यवस्था कार्यालय मलंगवामा सिफारिससहित पठाइएको छ। TVRS प्रणालीमार्फत चालकहरूको ट्राफिक उल्लंघनसम्बन्धी विवरण अभिलेखीकरण गरिने भएकाले बारम्बार नियम तोड्ने चालकलाई पहिचान गर्न सहज भएको प्रमुख साहले जनाएको छ।     प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।
    ट्राफिक प्रहरीले सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।

No comments:

Post a Comment