Translate

Friday, April 3, 2026

एसईई परीक्षा केन्द्रबाट मोबाइलमार्फत प्रश्नपत्र आउट गर्न खोज्दा तीन परीक्षार्थी पक्राउ

 



मधेशदूत समाचारदाता----
सर्लाही, चैत २० 

   सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालयमा सञ्चालित एसईई परीक्षा केन्द्रबाट मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने प्रयास गरेको आरोपमा तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ।
    शुक्रबार बिहान करिब ८:४० बजेको समयमा परीक्षा सञ्चालन भइरहेका बेला विभिन्न विद्यालयमा अध्ययनरत परीक्षार्थीहरूले मोबाइलमार्फत प्रश्नपत्र आउट गर्न खोजेको भेटिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर खटिएको प्रहरी टोलीलाई बुझाएका थिए।
   नियन्त्रणमा पर्नेमा बलरा नगरपालिका–८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र अलोक यादव तथा गोडैता नगरपालिका–५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेका छन्।
   घटनापछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदम बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा लगिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य विवरण आउन बाँकी रहेको छ।

No comments:

Post a Comment