Translate

Sunday, April 12, 2026

स्रोत नखुलेको रकम सहित ब्रम्हपुरीबाट दुई जना पक्राउ

 


मधेशदूत समाचारदाता---
सर्लाही, चैत ३०

    सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई पक्राउ गरेको छ। ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्रमा नियमित गस्तीका क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
    पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्। भारतबाट मोटरसाइकलमार्फत नेपालतर्फ आएका उनीहरूको शरीर खानतलासी गर्दा नगद रु ८ लाख बरामद भएको प्रहरीले जनाएको छ।
  प्रहरीका अनुसार बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

No comments:

Post a Comment