Translate

Thursday, April 2, 2026

ओरेकको ३५औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

  


मधेशदूत समाचारदाता----
सर्लाही,चैत १९

    ओरेक (Organisation for Rehabilitation of Women) को ३५औँ वार्षिकोत्सव सर्लाहीमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।  बुधबार दिवसको अवसरमा अभिनय, चित्रमार्फत प्रदर्शनी तथा दीप प्रज्ज्वलन जस्ता गतिविधि आयोजना गरिएको थियो।
    कार्यक्रममा सर्लाही जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगरपालिकाकी उपप्रमुख सकुन्तला देवी साह,मलंगवा नगरपालिका महिला शाखा प्रमुख नगिना राय, कौडेना गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पचु चौधरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
   त्यस्तै, OCMC का फोकल पर्सन श्री प्रसाद साह, महिला सेल प्रमुख फुलमाया गुरुङ, कृषि ज्ञान केन्द्रका प्रतिनिधि कबिन्द्र सिंह, महिला शान्ति सेवा केन्द्रकी प्रमुख बनिता कार्की, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रम्भा झा, सचिव दिवानी घिमिरे लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए।
    कार्यक्रममा मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, उद्योग वाणिज्य संघका प्रतिनिधि, महिला तथा युवा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
   उक्त अवसरमा सहभागी अतिथिहरूबाट शुभकामना तथा सुझावहरू संकलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले ओरेकले महिलावादी दृष्टिकोणबाट समाज रूपान्तरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।
   कार्यक्रमको अन्त्यमा ओरेकले आफ्नो अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

No comments:

Post a Comment