हिन्दु सम्राट सेना नेपालको समिक्षा बैठक सम्पन्न
मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख १
हिन्दु सम्राट सेना नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण यादवको अध्यक्षतामा आगामी दिनमा समाजको हित, विकास र सही दिशातर्फ अग्रसर गराउने उद्देश्यसहित समिक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा समाजमा विद्यमान समस्या, चुनौती तथा सुधारका सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले समाजलाई आदर्श मार्गतर्फ अघि बढाउन शिक्षा, अनुशासन, आपसी सद्भाव र विकासमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
उपाध्यक्ष यादवले समाज परिवर्तनका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै विशेषगरी युवाहरूलाई सकारात्मक सोचका साथ नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गर्नुभयो। उहाँले युवाहरूलाई सामाजिक रूपान्तरणको प्रमुख शक्ति बन्न सक्ने भएकाले उनीहरूको ऊर्जा सही दिशामा प्रयोग गर्नुपर्ने बताउनुभयो।
बैठकले आगामी दिनमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै समाजलाई अझ सुदृढ, एकताबद्ध र समृद्ध बनाउने लक्ष्य तय गरेको छ।
No comments:
Post a Comment