Translate

Saturday, March 14, 2026

मलंगवामा लामखुट्टे प्रकोप जिम्मेवार निकाय मौन, डेंगु र मलेरिया फैलिने खतरा

 


मधेशदूत समाचारदाता---
सर्लाही,चैत १

    सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकामा पछिल्लो समय लामखुट्टेको प्रकोप अत्यधिक बढेको छ । यसले गर्दा डेंगु, मलेरिया र अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको छ। तर, नगरपालिकाले यस गम्भीर स्वास्थ्य समस्यामा प्रभावकारी कदम चाल्न नसकेको देखिन्छ।
    मलंगवा-२ का स्थानीय बासिन्दा सोहन झा  भन्छन्, “हामीले पटक-पटक सामाजिक संजाल मार्फत र मौखिक रुपमा कार्यालयमा जानकारी गराएका छौँ। तर समस्या तब मात्र समाधानको प्रयास हुन्छ जब बारम्बार दबाब पर्छ।”
उनी थप्छन्, “लामखुट्टे यत्रतत्र छन्, बच्चा र वृद्ध सबै प्रभावित छन्। राति निद्रामा पनि लामखुट्टेले सताउँछन्। यस्तो अवस्था सहन गाह्रो भएको छ।”
   यस पालिकामा जिल्लाको मुख्य कार्यालयहरु जिल्ला प्रशासन, जिल्ला प्रहरी ,जिल्ला अदालत ,समन्वय समितिलगायत प्रमुख सरकारी कार्यालयहरू अवस्थित भए पनि नागरिकले लामखुट्टेको समस्या झेल्नुपरेको अवस्था दुःखद छ। स्वास्थ्य विज्ञहरूले समयमै औषधि छर्किनु, सरसफाइ अभियान सञ्चालन गर्नु र दीर्घकालीन योजना बनाउनु अत्यावश्यक ठानेका छन्।  
     स्थानीय बासिन्दाहरूले नगरपालिका र सम्बन्धित निकायहरूलाई यस विषयमा तत्काल ध्यान दिन र ठोस कदम चाल्न आग्रह गरेका छन्।
लामखुट्टेले गर्दा मानिसहरुमा स्वास्थ्य जोखिम उच्च भएकाले अब तत्कालै लामखुट्टे नियन्त्रण तथा सरसफाइ अभियान सञ्चालनको अपेक्षा स्थानीयहरुले गरेका छन् ।

No comments:

Post a Comment