Translate

Monday, March 23, 2026

नेपाल लाइफ इन्स्योरेन्स मलंगवाका एजेन्सी मेनेजरहरू सम्मानित



मधेशदूत समाचारदाता---
सर्लाही, चैत ९

   नेपाल लाइफ इन्स्योरेन्स मलंगवा शाखाद्वारा आयोजित एक सम्मान कार्यक्रममा उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरूलाई सम्मान गरिएको छ।
   आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गरेका आधारमा एजेन्सी मेनेजरहरूको तर्फबाट प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई कदरपत्र प्रदान गरिएको हो। सम्मानित हुनेहरूमा प्रथम राम लखन महतो, द्वितीय कामोद झा र तृतीय अहिल्या रंजितकार रहेका छन्।
    नेपाल लाइफको मलंगवा स्थित कार्यालयमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय प्रबन्धक दशरथ झाले सम्मानित व्यक्तिहरूलाई कदरपत्र प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै झाले  एजेन्सी मेनेजरहरूको योगदानले संस्थाको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।


No comments:

Post a Comment