स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना जन्ती घाइते
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन २९
 |
| AI photo |
सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको DL9CZO777 नम्बरको स्कारपियोले शुक्रवार राती ७ बजे बिहेमा आएका जन्तीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बरहथवा–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने उनीहरूको हनुमन्त अस्पताल, नगर अस्पताल र एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा रौतहटका
कमल पटेल , बन्धना पटेल,रुपेश मंडल, हरेराम मंडल,प्रतिमा कुमारी पटेल, दिलिप राय,
चन्दन पासवान, दिपिका जैसवाल,रामजी राय,
मुकेश राउत,रामनारायण ठाकुर र गुलाब कुमारी मंडल रहेका छन् ।
दुर्घटनामा संलग्न स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले मधेशदूतलाई जनाएको छ।
No comments:
Post a Comment